बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को सोमबार प्रि-अलटमेन्ट सम्पन्न भएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा प्रि अलटमेन्ट सम्पन्न भएको हो । क्यापिटलले प्रि-अलटमेन्ट सम्पन्न गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।
क्यापिटलका अनुसार बोर्डबाट स्वीकृति पाएपछि लघुवित्तको आईपीओ बिहीबार बिहान बाँडफाँड गरिने क्यापिटलले नोटबजारलाई जानकारी दिएको छ । प्रि अलटमेन्ट सम्पन्न भएको ३ दिन भित्र आईपीओ बाँडफाँड गर्नुपर्ने नियम छ ।
लघुवित्तले कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कुल जारी सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
अन्तिम दिनसम्म लघुवित्तको सेयर खरीदका लागि २२ लाख ७७ हजार ७४३ वटा आवेदन मार्फत २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो ।
प्रतिक्रिया