बजार घट्दा पनि यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

बजार घट्दा पनि यि कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ९५ अंकले घटेर २हजार ३ सय ८६ दशमलब ०१ विन्दुमा कायम भएको छ । आज होटल्स टुरिजम एण्ड म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । आज २७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सिद्धार्थ इक्यिटी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् ।

आज सर्वाधिक कमाउने १० कम्पनीहरुः
\"\"

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।