बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल क्यापिटल मार्केट लिमिटेडले नयाँ वर्षको अवसरमा निःशुल्क डिम्याट खाताका साथै लगानी व्यवस्थापनको कार्य तथा कर्पोरेट एडभाइजरी सेवामा विभिन्न छुट दिने भएको छ ।
क्यापिटलले २०७९ साल बैशाख ११ गते आइतबारबाट यो अफर योजना लागू गरेको हो । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्रेशन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने डिपि विभाग प्रमुख मणीराज काफ्लेले बताए ।
त्यसैगरी लगानी व्यवस्थापनको कार्य (पीएमएस), कर्पोरेट एडभाइजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले बताए । पीएमएस, कर्पोरेट एडभाइजरी सेवामा २०७९ असार मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ ।
विगत १३ वर्षदेखी सेवारत यस संस्थाले प्राथमिक सेयर निश्कासन (आईपीओ), निक्षेप सदस्य (डीपी), लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभुति (अण्डरराइटिङ्ग) र संस्थागत परामर्श सेवा लगायत पूँजीबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर लिलामी २० वटा गरेर विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ । निकट भविष्यमा नै सामुहिक लागानी कोष (म्युचुअल फण्ड) सुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताए ।
सिभिल क्यापिटलले दिईरहेको सेवाहरु जस्तै: निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आईपीओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि ढुङ्गेलले बताए ।
संस्थाले सन्ध्याकालिन सेवा समेत संचालन गरिरहेको छ । साथै, आगामी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रुत गतिमा आधुनिकिकरण गर्दै ग्राहकहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि गइरहेको प्रमुख कार्यकारी अधिकृतले बताए ।
प्रतिक्रिया