बैंकिङ्ग समाचार, काठमाडौं ।
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले कोलोम्बो स्टक एक्सेन्ज एक साताको लागि बन्द गर्ने भएको छ । श्रीलंकाको सेक्युरिटिज तथा एक्सेन्ज कमिसनले सोमबारबाट अर्को एक हप्ता सम्मको लागि कोलोम्बो स्टक एक्सेन्ज बन्द हुने जानकारी दिएको हो ।
यस अघि गरिएको कारोबारमा कोलोम्बो स्टक एक्सेन्जका दुईवटा सूचांक एएसपीआई र एस एन्ड पी एस्एल २० ऋणात्मक गएका छन् ।
एएसपीआई सूचांक ११४.४५ पोइन्ट अर्थात १.३९ प्रतिशतले घट्दा ८,१३५.२५ मा पुगेर मार्केट बन्द भएको छ । यसैगरी एसएन्डपी एस्एल २० ४४.४७ पोइन्ट अर्थात १.६७ प्रतिशतले घट्दा २,६२३.९० मा पुगेर बजार बन्द भएको छ ।
प्रतिक्रिया