महासंघ र ट्रेड युनियन बीच समस्या समाधान गर्न फोरम स्थापना

महासंघ र ट्रेड युनियन बीच समस्या समाधान गर्न फोरम स्थापना


काठमाडौं – नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रमसम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् । दुई संस्थाबीच सम्झौता सम्पन्न भएसँगै फोरम स्थापनाका लागि सहमति भएको हो ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने बताए ।

बैठकमा ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुंवरले गत मंसिरमा भएको समझदारी पत्र समिक्षा गर्नका साथै आगामी दिनहरुमा आउनसक्ने चुनौतीहरुको दुईपक्ष रूपमा न्यूनीकरणका उपायहरु पहिचान गर्दै जाने बताए । यस्तै सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाइ वढाउदै जान पर्ने जरुरी रहेको बताए ।

यस्तै जीफन्टका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए । द्धिपक्षिय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरुलाई दुईपक्ष रुपममा कार्यसमिति निर्माण गरी अगाडी बढन जरुरी रहेको कुरा बताए ।