कालिका लघुवित्तको बोनस शेयर प्राप्त गर्न कर बापतको रकम जम्मा गर्न आग्रह

कालिका लघुवित्तको बोनस शेयर प्राप्त गर्न कर बापतको रकम जम्मा गर्न आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत पुस ३० गते सम्पन्न १२औं वार्षिक पारित गरेको १३ प्रतिशत बोनस शेयर बापतको कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७६ साल पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरे पश्चात शेयर खरीद गरेका शेयरधनीको हकमा कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वयमले तिर्नुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेकाहरुको हकमा मात्र लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीले बोनस शेयरको कर बापतको रकम लक्ष्मी बैंक लिमिटेडको अमरसिंह चोक, पोखरा शाखामा रहेको ११२११००१४०३ मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले भनेको छ ।