महुली लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

महुली लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ ।

कम्पनीले एक सूचना जारी गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिनु पर्नेछ ।

पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट यो शेयर खरीदको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढ्ने जानकारी कम्पनीले दिएको छ ।