छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन

छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
्छ्याङदी हाइड्रोपावर लिमिटेड को अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ ।

कम्पनीले चैत १ गतेदेखि चैत ९ गते बुधवारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको थियो ।

हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ र न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्ने उल्लेख छ । आवेदकले अधिकतम मूल्य प्रतिस्पधात्मक रुपमा कबुल गर्न सक्नेछन् भने लिलामी खुला गरिएको अधिकतम सेयर संख्याको बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर, वीरगञ्ज, हैटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरमा बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
छ्याङदी हाइड्रोपावरको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता ४५९ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

उक्त लिलामी सेयरको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।