बैंकिङ्ग समाचार, काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
लघुवित्तले चैत २७ गते, आइतबार, बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेकोले हाल कायम चुक्ता पूँजी ३० करोड ६९ लाख २३ हजार रुपैयाँको २१ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने, अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, देउराली लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया