नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत ६ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत ७ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले चैत २१ गते २१ औँ वार्षिक साधारण सभा डाकेको छ । सो साधारण सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।