काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए।
विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन्,’ निज खरेलबाट मेराविरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीतस्वार्थकासाथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटक– पटक सम्प्रेषण भइरहेको थियो । पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लङ्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रुपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेरा बिरुद्धमा प्रचार भइरहेको थियो र छ ।’
उक्त सामग्री खरेलले सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको आरोप घिसिङले लगाएका छन्।



About Us
प्रतिक्रिया