कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा भ्रष्टाचारको उजुरी

कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा भ्रष्टाचारको उजुरी


काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले भ्रष्टाचार आरोपमा घिसिङविरुद्ध उजुरी दिएका छन्।

घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको दाबीसहित खरेलले उजुरी दर्ता गरेका हुन्। ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानुन मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलले उजुरीमार्फत दाबी गरेका छन्।

यस्तै, घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।