बैंकिङ्ग समाचार, काठमाडौं ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी, ५२ वर्ष यताकै उच्च महंगी र पछिल्लो समयमा रुस–युक्रेनबीचको युद्धले अमेरिकी केन्द्रिय बैंकलाई दुविधामा पारेको छ ।
सन् २०२२ को मार्च महिनाबाट औसत ब्याजदर वृद्धि गर्ने भनेको अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभले मार्च महिनाको दोस्रो हप्तासम्म पनि औसत ब्याजदर बढाएको छैन ।
कोरोनाको कहर पूर्णरुपमा समाप्त नहुँदै युरोपेली बजारमा अहिले युद्ध सुरु भएको छ । युद्धले फेडको औसत ब्याजदर वृद्धि गर्ने नीतिमा गेम चेन्जरको भूमिका खेलको फेड अध्यक्ष जेरोमी पावेलले जानकारी दिएका छन् ।
युद्धले युरोपेली तथा विश्वव्यापी अर्थतन्त्रमा पार्ने असरहरुलाई ध्यानमा राख्दै औसत ब्याजदर वृद्धि गर्नको लागि यसै साता फेडरल रिजर्भका पदाधिकारीहरुको बैठक बस्ने छ ।
विभिन्न समयमा फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले औसत ब्याजदर वृद्धिका लागि अर्थतन्त्र बलियो भएको बताउँदै आएका थिए । उनले आफ्ना पछिल्ला अभिव्यक्तिहरुमा समेत ०.२५ प्रतिशतले औसत ब्यादर बढाउनु पर्नेमा जोड दिइरहेका छन् । गत बुधबार बसेको बैठकमा पनि ०.२५ प्रतिशतले औसत ब्याजदर वृद्धि गर्नुपर्नेमा ध्यान दिइएको छ ।
रुस–युक्रेन युद्धका कारण कच्चा तेल तथा खाद्यानको मूल्य वृद्धि हुँदा सन् २०२२को जनवरीमा ७ प्रतिशत रहेको मूल्यवृद्धि दर अझै बढेको छ । विश्लेषक रोर्बट पर्ली र सान्डलरका अनुसार सन् २०२४ सम्ममा मुद्राीफीति दर २.१० प्रतिशत भन्दा धेरै रहेमा देशमा आर्थिक मन्दी आउने बताएका छन् । त्यस समयमा फेड अन्तर्गतको फेडरल ओपन मार्केट कमिटि (एफओएमसी) ले फेडले ब्याजदर नबढाए पनि एफओएमसीले बढाउने विश्लेषकहरुको भनाइ रहेको छ ।
आगामी वर्षमा विश्लेषकको प्रक्षेपण अनुसार फेडरल फन्ड २.५ प्रतिशत भन्दा बढी भयो भने एफओएमसीले आर्थिक मन्दीको वास्ता नगरी औसत ब्याजदर बढाइ ह्वाकिस नीति अवलम्बन गर्ने विश्लेषकको भनाइ रहेको छ।






About Us
प्रतिक्रिया