बैंकिङ्ग समाचार, काठमाडौं ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतबार (आज) देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । शेयर रजिष्ट्रार प्रभु क्यापिटलका अनुसार कम्पनीको १६ लाख कित्ता आईपीओ शुक्रबार सूचीकृत भएसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा आउन योग्य भएको हो ।
कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीले पहिलो कारोबार को लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । साथै कम्पनीले शेयर सूचिकरण पश्चात दिनु पर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया