काठमाडौं – नबिल बैंक लिमिटेडले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएकाे छ । जसका लागि बैंकले भदौ १७ गते विशेष साधारणसभा बाेलाएकाे छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बाेलाएकाे हो।
सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा शेयरधनीबीच छलफल गरिने बैंकले जानकारी दिएकाे छ ।
याे पनि पढ्नुहाेस्:
प्रतिक्रिया