काठमाडौं – एनआईसी एशिया बैंक र नबिल बैंकले अग्राधिकार शेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन्। अग्राधिकार शेयर जारी पश्चात् एनआईसी एशियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरुले पुँजी जुटाउने प्रक्रिया अघि बढाएका हुन् ।
अग्राधिकार शेयर भन्नाले के बुझिन्छ ?
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफरेन्सियल शेयर भनिन्छ। अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ।कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ। साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैँ एउटै हुने सुनिश्चित हुन्छ। यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन्।
कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ। अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ। कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ।
साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ। यद्यपि, कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन्। कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार हुन्छ।
हालसम्म एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन्। एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर थियो। अहिले भने त्यो शेयर सर्वसाधारण शेयरमा परिवर्तन भइसकेको छ। कृषि विकास बैंकको रू. ५ अर्ब ४३ करोड बराबरको अग्राधिकार शेयर रहेको छ। यो शेयर कम्पनी रहुन्जेलसम्म रहने गर्दछ। यस्तो शेयरलाई ननरिडिबेल अग्राधिकार शेयर भनिन्छ।
प्रतिक्रिया