अभियान लघुवित्तद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन

अभियान लघुवित्तद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ‘वित्तीय साक्षरता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशमा संचालन गरेकाे हाे ।

कार्यक्रममा ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराइएको थियाे । कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित हुने अपेक्ष गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने जनाएको छ ।

हालै मात्र मुक्तिनाथ क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता गरेको संस्थाले नेपालभर ६० वटा शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलाहरुलाई समूहमा आवद्ध गरी बचत संकलन तथा कर्जा प्रवाह गरेको छ ।