बलेफी हाईड्रोपावरले फेरि एक साता थप्यो आईपीओ भर्ने समय

बलेफी हाईड्रोपावरले फेरि एक साता थप्यो आईपीओ भर्ने समय

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओमा आवेदन गर्ने समय फेरि थपेको छ । यससँगै अब लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि १२ फागुनबाट समय बढाएर १९ गतेसम्म पुर्याइएको थियो । 

यसअघि छिटो समयभन्दा एक साता समय थपेको कम्पनीले थपिएको समयमा पनि माग बमोजिम आवेदन नपरेको तथा आयोजना प्रभावित बासिन्दाको मागलाई दृष्टिगत गरी पुनः एक साताका लागि समय थपेको जनाएकाे छ ।

यद्यपी कम्पनीको स्थानीयलाई जारी गरेको सेयर आयोजना प्रभावित र अन्य जिल्लाबासी दुबैतर्फ ओभर सब्सक्राइब भएपनि क्यापिटलले भने समय बढाएको हो । कम्पनीले १८ लाख २७ हजार कित्ता माग गरेकोमा त्यसको १३० प्रतिशत सेयर बिक्री भैसकेको तथ्याङ्क छ ।

कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । निष्काशित सेयरको ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । यस्तै कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमइ बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।