बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्काले फाल्गुण १५ गते देखी कार्यभार समालेका हुन् ।
नायव महाप्रबन्धक खड्का नविल बैंक, बैंक अफ् काठमाडौ, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गर्नु भएको थियो, तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंक हुदै २९ वर्ष देखी बैकिङ्क क्षेत्रमा लामो अनुभव संगालेका छन् । साथै उनको बैकिङ्क क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।
बैंकका अध्यक्ष के.बी. उप्रेतीले खड्कालाई स्वागत गर्दै यस अघिको बैकिङ्क क्षेत्रमा भएको अनुभव र नयाँ योजनका साथ कार्य गरी बैंकको विकास र प्रवद्र्धन हुनेगरी कार्य गर्न सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउदै नायव महाप्रबन्धक खड्काले आफ्नो अनुभवलाई राष्ट्रिय सहकारी बैंकको व्यवसाय विस्तार र संस्थागत विकासको क्षेत्रमा लगाउने भन्दै सहकारी बैंकलाई आधुनिक टेक्नोलोजि र डिजिटाइजेशनको क्षेत्रमा विकास गर्ने गरी बैकिङ्क क्षेत्रमा आफुले हासिल गरेको अनुभवलाई कार्यान्वयनमा ल्याउने गरी कार्य गर्ने उल्लेख गरे । लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफु साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह समेत गरेका छन् ।



About Us
प्रतिक्रिया