शेयर बजारमा ‘सर्किट ब्रेक’

शेयर बजारमा ‘सर्किट ब्रेक’


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) खुलेको एक मिनेटमै बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर बजार सम्बन्धि खुकुलो नीति ल्याएसँगै शेयर बजार बढेको हो ।

बजारमा ‘सर्किट ब्रेक’ लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको छ । नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो ।

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले शेयर लगानीकर्तामा उत्साह छाएको हो ।