शेयर बजारमा झिनो अंकको वृद्धि, १३ अर्ब ९१ करोड बढीको कारोबार

शेयर बजारमा झिनो अंकको वृद्धि, १३ अर्ब ९१ करोड बढीको कारोबार


काठमाडौं – साताको दोस्रो दिन सोमबार शेयर बजार सामान्य बढेर बन्द भएको छ। आज शेयर बजार नेपाल स्टक एक्सचेञ्ज नेप्से (नेप्से) परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।