महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा विशेष छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्डमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेड र होटल दियालो फुडल्यान्ड एण्ड पार्टि प्यालेस प्रा.ली. बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरुले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।