धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा महेश बराल नियुक्त

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा महेश बराल नियुक्त


काठमाडौं – धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षबाट महेश बराल नियुक्त भएका छन् । अर्थमन्त्री विष्णु पौडेलले नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई अध्यक्ष नियुक्ति गरेका हुन् । अर्थमन्त्री पौडेले बराललाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

मन्त्रीस्तरीय निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्यमा मनोनयन भएका थिए । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष तोकिएका हुन् ।

उनी बोर्ड अध्यक्षको साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् । बराल बोर्डको कार्यवाहक अध्यक्षको साथै हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको रूपमा समेत कार्यरत छन् ।