रिलायन्स लाइफको खुद बीमाशुल्कसँगै नाफा पनि बढ्यो

रिलायन्स लाइफको खुद बीमाशुल्कसँगै नाफा पनि बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको २०७८/७९ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेर ७ करोड ६० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि २२.२८ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ र जगेडा कोषमा १८ करोड १७ लाख ५३ हजार रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ८७.२७ प्रतिशतले बढेर ३ अर्ब ३६ करोड ९२ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ७७.२० गुणा रहेको छ ।

चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीले एक लाख ६९ हजार वटा बीमालेख बिक्री गरी एक अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले ४५४ वटा दाबी वापत ३७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० वटा दाबी वापत १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।