नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीद्धारा पदबहाली

नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीद्धारा पदबहाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को सीइओमा कृष्णबहादुर कार्कीले माघ २६ गते बुधबार पदबहाली गरेका छन् ।  उनले नेप्से सञ्चालक समिति समक्ष बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

पदबहाली कार्यक्रममा बोल्दै उनले मुलुकको आवश्यकता अनुसार पूँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवद्र्धन गर्ने सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  नेप्सेमा कार्यरत कर्मचारीहरुसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाउने बताए ।

कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद् बैंठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त गरेको थियो । छनोट समितिले यसअघि तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो । सीईओका लागि कुल परेको ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिए पनि तीमध्ये समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो । भण्डारी र श्रेष्ठलाई पछि पार्दै कार्की प्रमुख कार्यकारी अधिकृत बन्न सफल भएका हुन् ।