काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ। आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २,३६४ दशलमव ६३ को विन्दुमा कायम भएको छ। आज २०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। सिंगटी हाइड्रोका लगानकिर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन्।
प्रतिक्रिया