७० अंकले बढ्दै २३ सयको बिन्दुमा पुग्यो शेयर बजार

७० अंकले बढ्दै २३ सयको बिन्दुमा पुग्यो शेयर बजार


काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ। आज शेयर बजार नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २,३१० को विन्दुमा कायम भएको छ। आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंक बरुण हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत र मन्दकिनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन्।