कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
माघ २६ गते बुधवारदेखि कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा आएको छ । कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो ।

यी दुबै कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा मात्र अन्य व्यक्ति तथा संस्थाहरुमो यो शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् । 

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीहरुको केन्द्रिय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।