राष्ट्र बैंकले १४ अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले १४ अर्ब १० करोड बराबरको ट्रेजरी बिक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि ७ अर्ब १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख २७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल माघ २४ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (माघ २४ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि माघ ४ गते, मंगलबार बिक्री हुनेछ ।

\"6200ccda94b00.jpg\"