डा.महावीर पुन नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा पुनः नियुक्त

डा.महावीर पुन नेपाल बैंकको ब्रान्ड एम्बेसेडरमा पुनः नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा पुनः डा. महावीर पुन नियुक्त भएका छन् । गत वर्ष नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका डा. पुन नियुक्त भएका थिए । उनीसँगको एक वर्षको सम्झौता अवधि सकिएपछि उनलाई पुनः १ वर्षको अवधिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको हो । 

माघ २० गते बिहीबार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनकाले ब्रान्ड एम्बेसेडर नवीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा पुनले नेपाल बैंकजस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्रान्ड एम्बेसेडरका रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको नेपाल बैंकको हितमा र वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनजस्तो विशिष्ट ब्यक्तित्वका साथै आमनेपालीको प्रेरणाको स्रोतलाई नेपाल बैंकको ब्रान्ड एम्बेसेडरका रुपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताएका थिए ।

नेपाल बैंकले देशभर २१३ शाखा, १४८ वटा एटीएम र ४९ वटा एक्सटेन्सन काउन्टर लगायत करिब २ हजार ५०० कर्मचारीबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
नेपाल बैंकले पछिल्लो समय आधुनिक प्रविधि अवलम्बन र ग्राहक सेवामा व्यापक सुधार गर्दै तीव्र रुपमा व्यवसाय विस्तार गर्न सफल बैंकप्रतिको विश्वासका कारण नेपाल बैंक ग्राहककोे प्रमुख रोजाइको बैंक बन्न पुगेको छ ।