सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा २२.१७ प्रतिशतले घट्यो

सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा २२.१७ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीबापत ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबीबापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ६८ पैसाबाट घटेर १२ रुपैयाँ २९ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६३.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १८.३३ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३२ प्रतिशत घटेको छ । त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष ३५.३५ प्रतिशत र महाविपत्ती कोष २६.१९ प्रतिशत बढेको छ ।