काठमाडौं – साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार घटेको शेयर बजार मंगलबार भने दोहोरो अंकले बढेको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७९ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको छ। आज ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ।
मंगलबार आठ उपसूचकमा हरियाली आएको छ। आज बैंकिङ्ग समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २.४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको हो।
आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ।
त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु) को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ।
प्रतिक्रिया