काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ। केही दिनयता निरन्तर बढेको शेयर बजारमा सोमबार भने सामान्य गिरावट आएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ। आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन, तीन उपसूचकमा हरियाली हुँदा १० उपसूचकमा राताम्य भएको हो । आज फाइनान्स समूहको ०.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य बढेको हो।
नेपाल राष्ट्र बैंकले साउनको पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने भएकाले अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा रहेका छन् ।



About Us
प्रतिक्रिया