शेयर बजारमा १५ अंकको वृद्धि, ६ अर्बकाे कारोबार

शेयर बजारमा १५ अंकको वृद्धि, ६ अर्बकाे कारोबार


काठमाडौं– आज साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर १५ दशमलव ४६ अंकले बढेर २,११९ को विन्दुमा कायम भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९३ कम्पनीको घटेको छ । बिहीबार ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ्ग समूहको ०.४८ प्रतिशत, विकास बैंक समूहको ३.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।