काठमाडौं – नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको हो। यसअघि आज कारोबार खुलेको १ मिनेटमै पहिलो सर्किट लागेको थियो।
नेप्से परिसूचक ५ प्रतिशत अर्थात १०२.६८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २१५६.०७ को विन्दुमा पुगेको छ।
नेकपा एमाले नेतृत्वमा कांग्रेससँगको गठबन्धन सरकार बन्ने खबरसँगै उछाल आएको बजारमा २३२ कम्पनीको शेयर भाउ बढेको छ।



About Us
प्रतिक्रिया