शेयर बजारमा ८.२४ अंकको गिरावट

शेयर बजारमा ८.२४ अंकको गिरावट


काठमाडौं – साताको अन्तिम काराेबारकाे दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २४ अंकले घटेर २,०५१ को विन्दुमा कायम भएको छ। आज ४७ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको २२ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।