आजको विनिमय दर : कुन मुद्राको विनिमय दर कति ?


काठमाडाैं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै पाउण्डको बिक्री दर भने १६९ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० र बिक्री दर ३६ रुपैयाँ ७६ पैसामा कारोबार भैरहेको छ ।