झापा – महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मेचीनगर नगरपालिकाले रु एक लाख नगदसहित सम्मान गरेको छ। नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो।
लामो समयदेखि निरन्तर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्दै मेचीनगर–८ निवासी ६० वर्षका मेचेले अनिवार्य अवकाश लिनुभएको छ। पालिकाले यसअघि १२ जना स्वयंसेविकालाई सम्मान गरेको थियो।
मेचीनगर नगरपालिका झापाको सबैभन्दा बढी बजेट भएको पालिका हो। मेचीनगरले यो वर्ष रु. दुई अर्ब पाँच करोड २९ लाखको बजेट नगरसभामा पेस गरेको छ।



About Us
प्रतिक्रिया