बुद्ध एयरको भैरहवा उडान मौसम खराबीका कारण काठमाडौं फर्काइयो


काठमाडौं – काठमाडौंबाट बिहान ८ः३० मा उडेकाे जहाज माैसम प्रतिकूलताका कारण पुनः काठमाडाैं फर्काइएको छ । सो उडान पुनः १२ः२९ मा काठमाडौंबाट भैरहवा उडान भरि १३ः०३ मा अवतरण गरेकाे हाे ।

भैरहवामा एयरपोर्टमा अवतरणको तयारी गर्दा गर्दै भारी वर्षाका कारण काठमाडौं डाइभर्ट गर्नु परेको थियो। जहाजमा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल लगायत सवार थिए। फुँयाल विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमनका लागि गएका थिए ।