शेयर बजारमा ५.३७ अकंको गिरावट

शेयर बजारमा ५.३७ अकंको गिरावट


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार ओरालो लागेको छ । आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । बजार ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ्ग समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको ०.१० प्रतिशत, होटल तथा पर्यटन समूहको १.१० प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ । बजारमा गिरावट देखिए पनि फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

आज पोखरा फाइनान्सको १७ करोड १३ लाख रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।