राष्ट्र बैंकले चलनमा ल्यायो चुच्चे नक्सा सहितको दुई रुपैंयाको सिक्का

राष्ट्र बैंकले चलनमा ल्यायो चुच्चे नक्सा सहितको दुई रुपैंयाको सिक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सुनौलो रङ्गमा नेपालको चुच्चे नक्सा अंकित २ रुपैंयाको सिक्का शुक्रबार बाट बजारमा ल्याएको छ । कालापानी, लिपुलेक, लिम्पियाधुराको क्षेत्रफल समेटिएको नक्सा अकिंत सिक्का  बजारमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

सिक्काको माथिल्लो भागमा अग्रेजीमा Rs. Two लेखिएको र तल्लो भागमा देवनागरी लिपीमा २ रुपैंया लेखिएको छ ।

नेपालको नक्साको ठिक माथिपट्टी दायाँतर्फ दुष्टिविहिनहरुले सिक्काको दर पहिचान गर्न सक्ने दुई ओटा थोप्ला रहेको छ । सिक्काको बिच भागमा सात प्रदेश सहितको चित्र रहेको, सिक्काको वृत्ताकार वरीपरि चौसट्ठी थोप्ला रहेको भने आठ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टी वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्क, पद्य, गदाको आकृति रहेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै, सिक्काको बिच भागमा जानकी मन्दिरको चित्र रहेको र मन्दिरको ठिक तल देवनागरी लिपीमा जानकी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा भने नेपाल लेखिएको र तल्लो भागमा २०७७ लेखिएको राष्ट्र बैंकले जनाएको छ ।