काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि भएको यसअघिको अन्तरवार्तामा अनुपस्थित भएकाहरुलाई आज बुधबार बोलाइएको अन्तरवार्तामा पुनः तीन उम्मेदरवार अनुपस्थित भएका छन् । आज पनि तीन जना उम्मेदवारहरु नवराज अधिकारी, चिरञ्जीवी चापागाइँ र कृष्णबहादुर कार्की अनुपस्थित भएका हुन।
अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखाले तीन जना उम्मेदवारहरुलाई उपस्थित सूचना जारी गरेको थियो । बिहान ९ बजे उनीहरुलाई अन्तरवार्ताका लागि बोलाइए पनि उनीहरु अनुपस्थित रहेका हुन् ।
गत आइतबारको अन्तरवार्तामा मुक्ति श्रेष्ठ र सन्तोषनारायाण श्रेष्ठ मात्रै उपस्थित रहेका थिए। आज पनि अधिकारी, चापागाइँ र कार्की अनुपस्थित भएपछि श्रेष्ठद्धयलाई अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न छनौट समितिलाई बाटो खुलेको छ ।
सरकारले बोर्डको अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । अध्यक्षका लागि १९ जना प्रतिस्पर्धी रहेकोमा समितिले पाँच जनालाई सर्टलिष्टमा छनाेट गरेको थियो ।
प्रतिक्रिया