काठमाडौं – साताको तेस्रो कारोबारको दिन शेयर बजार ओरालो लागेको छ। योसँगै बजार लगातार तीन दिन घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८. ७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ। यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।
मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन्। आज बैंकिङ्ग समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ।



About Us
प्रतिक्रिया