शेयर बजारबाट ११ महिनामा ४ अर्ब ८५ करोड पुँजीगत लाभकर संकलन

शेयर बजारबाट ११ महिनामा ४ अर्ब ८५ करोड पुँजीगत लाभकर संकलन


काठमाडौं – सरकारले शेयर कारोबारबाट ११ महिनाको अवधिमा ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। सिडिएससीका अनुसार शेयर बजारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ संकलन भएकाे हाे ।

सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा उठेको छ। माघ महिनामा ९७ करोड २० लाख ३ हजार रुपैयाँ संकलन भएकाे छ। यस्तै, पुसमा ७४ करोड ३९ लाख १३ हजार, जेठमा ७० करोड ४२ लाख ५२ हजार, चैतमा ४८ करोड ३४ लाख ३९ हजार , फागुनमा ४४ करोड ९ लाख २२ हजार, साउनमा ४० करोड ८ लाख ९१ हजार रूपैयाँ पुँजीगत लाभकर संकलन भएकाे छ ।

वैशाखमा ३६ करोड २७ लाख ४२ हजार, मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार, असोजमा २१ करोड ९५ लाख ७९ हजार, भदौमा १४ करोड ६९ हजार र कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ।