तीन कम्पनीको १ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

तीन कम्पनीको १ लाख ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – तीन बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयरमा बिक्रीमा ल्याएका छन्। कामना सेवा विकास बैंक लिमिटेड, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका हुन्। यी कम्पनीहरुले  संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख ३३ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

 कम्पनीको शेयरमा कायम संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन्। कामना सेवा विकास बैंकले ७८ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तले ५२ हजार ३५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो। यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र संस्थाको ललितपुरस्थित कर्पोरेट कार्यालय वा कुमारी क्यापिटल लिमिटेडमा विवरण खुलाई निवेदन दिनुपर्नेछ।

यसैगरी, किसान लघुवित्तले १२ हजार ४८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण खुलाई कैलालीस्थित केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ।