धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा आर्थिक चलखेल नगर्न लगानीकर्ताकाे चेतावनी

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा आर्थिक चलखेल नगर्न लगानीकर्ताकाे चेतावनी


काठमाडौं – शेयर बजारका लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृयामा आर्थिक चलखेल नगर्न सरकारलाई चेतावनी दिएका छन् । साथै, कुनै कैफियत भए टुलुटुलु हेरेर नबस्ने समेत उनीहरूकाे भनाइ छ । चार वटा लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै बोर्डको अध्यक्ष नियुक्तिमा चलखेल नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

लगानीकर्ता संघहरू जनरल इन्भेष्टर एशोसिएसन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, साधारण लगानीकर्ता संघ नेपालले ध्यानाकर्षण गराएका हुन्। विगत ५ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्ष नियुक्ति प्रकृया स्थागन गरेर मोलमोलाई गरेको लगानीकर्ताहरूकाे आरोप छ। बोर्डको अध्यक्षमा पूँजी बजार सम्बन्धी अनुभवी व्यक्तीको नियुक्ति हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

अर्थन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि सर्टलिस्टमा परेकालाई आज कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ।