काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज समृद्धि फाइनान्स, मिड शोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रिनलाइफको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया