बेल्जियम – युरोपेली संघ (इयू) र बंगलादेशले उड्डयन सम्झौतामा हस्ताक्षर गरेका छन् । जुन ७ मा भएको यस सम्झौताले युरोपेली संघका कुनै पनि एयरलाइन्सलाई बंगलादेश र सात इयू सदस्य राष्ट्रहरू बेल्जियम, डेनमार्क, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, फ्रान्स र स्लोभाकियासँग उडान सञ्चालन अनुमति दिएकाे छ।
यसअघि, यी सदस्य राष्ट्रहरूमा बंगलादेशसँगको द्विपक्षीय हवाई सेवा सम्झौताले यो अनुमति प्रदान गरेको थिएन । पहिलेका द्विपक्षीय हवाई सेवा सम्झौताहरूले हस्ताक्षरकर्ता सदस्य राज्य वा त्यहाँका नागरिकहरूद्वारा स्वामित्व र नियन्त्रणमा रहेका एयरलाइन्सहरूलाई मात्र उडान अनुमति दिदै आएका थिए ।
नयाँ सम्झौतामा सबै यूरोपेली संघका वायु सेवा प्रदायकहरूलाई इयू र बंगलादेशलाई जोड्ने मार्गहरूमा भेदभावरहित पहुँच प्रदान गरेर खुला र निष्पक्ष प्रतिस्पर्धालाई बढवा दिने गरी सम्झौता भएको छ। यसले विस्तारित उडानलाई प्रोत्साहन गर्ने र दुवै पक्षलाई लाभ प्रदान गर्ने विश्वास गरिएको छ।
सम्झौताले बंगलादेश र युरोपेली संघबीचको हवाई यातायात सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ। जसले यात्रुहरूलाई थप सुविधा र विकल्पहरू उपलब्ध गराउनेछ। युरोपेली संघकी यातायात आयुक्त अडिना आयोआना भोलिअन् भन्छिन्, ‘यो सम्झौताले बंगलादेशी बजारमा लामो दुरीका सेवाहरू विकास गर्न थप अवसरहरू प्रदान गर्नेछ। इयु र बंगलादेश बीचको उड्डयन सम्बन्ध सुधार गर्न र कनेक्टिभिटी बढाउने प्रतिबद्धता गर्दछ।’
प्रतिक्रिया