राष्ट्र बैंकले २८ करोडभन्दा बढी निक्षेप बैंक-वित्तीय संस्थामा पठाउँदै

राष्ट्र बैंकले २८ करोडभन्दा बढी निक्षेप बैंक-वित्तीय संस्थामा पठाउँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क  वर्ग बाणिज्यबैंकमा २२ करोड ४६ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ४ करोड २० लाखर राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ४० लाख लगानी गर्न लगेको हो ।

उक्त निक्षेप पाउनका लागि राष्ट्र बैंकले निर्धारण गरेका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले उक्त रकम लिन चाहेको प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ पौष १८ गतेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ।