काठमाडौं – साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको छ। आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ।
बजार ओरालो लागेपनि आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो।
आइतबार आठ उपसूचक राताम्य भएका छन्। आज बैंकिङ्ग समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको छ।
प्रतिक्रिया